न्यु जेनिथ र ग्रान्डीलाई ऋत कप

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । न्यु जेनिथ ब्वाइज तथा ग्रान्डी गल्र्समा च्याम्पियन बने । बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३-८ ले पराजित गर्‍यो । न्यु जेनिथको जितमा सुसन मगरले सात अंकको योगदान गर्नुभयो । आयोजक ऋतले एन्जल्स हार्टलाई १४-१२ ले हराउँदै तेस्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा समिरा घिसिङको चार अंकको सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११-५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८-५ को जित दर्ता गर्दै तेस्रो स्थानमा रहृयो ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः सात हजार, पाँच हजार र तीन हजार ५०० नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सिइओ सिद्धार्थ लामाले जनाउनुभएको छ । ऋतमा विज्ञान, मानविकी, कानुन, व्यवस्थापन र ललित कलाको पढाइ हुन्छ ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुसन र समिरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, ऋतका को-ओर्डिनेटर खेमनाथ पौडेल, उपप्राध्यापक डा. चन्द्रमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा १६ गरी ९० टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?