भारतका दुई केन्द्रीय मन्त्रीद्वारा राजीनामा

Read Time = 2 mins

नयाँदिल्ली । भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिनुभएको हो । उहाँहरू दुवैजना राज्यसभा सदस्य हुनुहुन्थ्यो । उहाँहरूको राज्यसभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले एक दिनुअघि मन्त्री पदबाट राजीनामा दिनुभएको जनाइएको छ ।

मन्त्री बनेको छ महिनाभित्र निर्वाचित भएर सांसद बन्नुपर्ने व्यवस्था छ । अब उहाँहरूलाई पुनः मन्त्रीको शपथ खुवाउने सम्भावना पनि छ । हालै भएको राज्यसभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् ।

भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्यसभा निर्वाचन हालै भएको हो । हाल भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन । जेडीयु गठबन्धनको तर्फबाट विहारबाट निर्वाचित हुनुभएका आरसिपी सिंहले सन् २०२१ को जुलाई ७ मा शपथ लिनुभएको थियो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?