पाँच प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा बिहानैदेखि मौसम बदली रहेको छ ।

अहिले बिहान प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही थौरै स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा भने साँझपख हल्का बर्षा हुने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले आगामी आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेको छ । भोलि शनिबार पनि प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरूमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णीली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

सतर्कता अपनाउन अनुरोध
आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले पहाडी क्षेत्रमा पहिरो तथा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?