काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कफी लभर भएको बताउनुभएको छ । बिहीबार बौद्धस्थित रेडमड कफीको १३औं आउटलेटको शुभारम्भ गर्ने क्रममा थापाले आफूलाई कफी निकै मन पर्ने र कफीको पारखी भएको बताउनुभएको हो । साथै उहाँले आफूले दैनिक रूपमा बिहान घरमा आफ्नै हातबाट कफी बनाउने पनि बताउनुभयो ।
‘मैले बिहानमा आफैंले कफी बनाउँछु । श्रीमतीलाई पनि मैले नै बनाएको कफी खुवाउँछु’, थापाले भन्नुभयो, ‘बिहानको समयमा सधैंको रुटिन हो मेरो । मलाई कफी बनाउन मन पर्छ ।’ थापासँगै मोडल एवं मिस इन्टरनेशनल नेपाल २०१७ विजेता निती शाहले उक्त आउटलेटको उद्घाटन गर्नुभयो ।
एद्घाटन गर्दै गगन थापाले १३औं आउटलेटसम्म विस्तार गरेकोमा बधाई दिँदै थप विस्तारको समेत शुभकामना दिनुभयो । साथै रेड मडले भित्र्याएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नुपर्ने कुरा राख्दै वैदेशिक लगानीका लागि आवश्यक नीति नियमका लागि पहल गर्ने बताउनुभयो ।
यता निती शाहले पनि यो नयाँ आउटलेट निकै नै आकर्षक रहेको र युवा पुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताउनुभयो । ११ वर्षअघि काठमाडौंको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको ‘रेडमड कफी’ विस्तार हुने क्रममा छ । रेडमडले आफ्नो १३औं शाखा टुसाल, बौद्धमामा खोलेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका