‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ गीत सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ । बिहीबार गीत केन्द्र मोशनको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिति बुढाथोकी र धीरज मगरलाई फिचर्ड गरिएको छ ।

सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागाई र सुनिता थेगिमकको स्वर सुन्न सकिन्छ । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । बाबरी रंगले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि निर्माण टिम सिनेमाको सार्वजनिक यो गीतले दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमालाई सुरेन्द्र पौडेलको निर्देशन गर्नुभएको हो । चलचित्र आगामी भदौ ३१ गतेबाट नेपालभरका चलचित्र हलमा रिलिज हुनेछ । चलचित्रमा धीरज नाडकर, बादल भट्ट, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायत कलाकारको पनि अभिनय छ ।

बाबरी चलचित्रको प्रस्तुतिमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुनुहुन्छ । सुष्मा गुरुङ सहनिर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो । चलचित्रमा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेख्नुभएको हो । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?