मोरङ । मोरङ व्यापार संघले सरकारको पछिल्लो नीतिका कारण चोरी पैठारी बढ्ने भन्दै तयारी वस्तुको चोरी पैठारी नियन्त्रणको माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट र भारत सरकारको नीतिका कारण नेपालका जिआई वायर, सेनेटरी प्याड र वनस्पति घिउका उद्योगीहरू मारमा परेका र सोही नीतिकै कारण मारमा परेका उद्योगले कच्चापदार्थ आयात गरी तयार पारेको सामग्रीभन्दा आयातित तयारी वस्तु खरिद गर्दा सस्तो पर्ने भएकाले चोरी पैठारी बढ्ने भन्दै चोरी पैठारी रोक्न माग गरेको हो ।
संघले जिआई वायर उद्योगका सन्दर्भमा काल्पनिक वायर रड उद्योगका नाममा जिआई वायर उद्योग गराउने नीतिको सट्टा कच्चापदार्थ (वायर रड) को आयात शुल्कमा ९० प्रतिशत छुटको माग गरेको छ । विगतझैँ उद्योग विभागको सिफारिसमा उक्त कच्चापदार्थको अन्तःशुल्कमा पूर्ण छुट दिनुपर्ने, वनस्पति घिउ तेल उद्योगका सन्दर्भमा सरकारले कच्चापदार्थ र उत्पादित वस्तुबीच एक तहको भन्सार महसुल कायम गर्दै चोरी पैठारी रोक्नुपर्ने, सेनेटरी प्याड उद्योगतर्फ स्वदेशमा उत्पादन गर्नुभन्दा आयात सस्तो पर्न जाने देखिएकाले उक्त व्यवस्था सच्याउनुपर्ने, अन्तःशुल्कको सिद्धान्तअनुरूप अन्तिम तयारी वस्तुमा मात्र अन्तःशुल्क लगाइनुपर्ने, गत वर्षको बजेटमार्फत् रोलिङ मिलको हकमा गरिएका निर्णयबाट केही व्यवसायीलाई मात्र फाइदा पुगेको र दुई दर्जनभन्दा बढी रोलिङ मिल मारमा पर्न गएकाले तयारी वस्तुमा मात्र अन्तःशुल्क लगाउने व्यवस्था हुनुपर्ने संघको माग रहेको छ ।
त्यसैगरी ई–बिलिङको कारोबार दायराका सन्दर्भमा १० करोडको दायरालाई वृद्धि गरी ३५ करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने फर्म÷उद्योगका लागि मात्र अनिवार्य ई–बिलिङको व्यवस्था लागू हुनुपर्ने, विद्युत् महसुल छुटसम्बन्धी केही सीमित उद्योगमात्र लाभान्वित हुने गरी ल्याइएको वार्षिक १० करोडको व्यवस्था एक करोडभन्दा बढी विद्युत् महसुल बुझाउने भनी कायम गरी सबै उद्योगका लागि दामासाहीरूपमा लागू हुनुपर्ने, उद्योगको हकमा डिजल खरिदमा विशेष अनुदानको व्यवस्था हुनुपर्ने, बैंकका मनोमानी, उच्च व्याजदर र तरलता अभावका कारण उद्योग सञ्चालनमा समस्या देखिएकाले तत्काल सामान्यीकरण गर्ने नीति अवलम्बन गरिनुपर्ने संघका अध्यक्ष नवीन रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका