ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नंबरको मिनी ट्रकले ठक्कर दिँदा बा ६७ प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भक्तपुर नगरपालिका-१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका-८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?