कृषि विकास बैंकमा रोजगारीको अवसर

Read Time = 1 min

काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३ , कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ ।

यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक ५, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । दरखास्त साउन १२ गतेसम्म अनलाइबाटै दिन सकिनेछ । यता, साउन १९ गतेसम्म भने दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?