युनाइटेड छाड्ने मनसायमा रोनाल्डो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गत सिजन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमा पुनः अनुबन्ध भएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो एक वर्षपछि नै क्लब छाड्ने मनसायमा पुगेका छन् ।

खेल करियरको उत्तरार्धमा रहेका रोनाल्डो क्लबको खराब प्रदर्शन र यूईएफए च्याम्पियन्स लिग बाहिर रहेका कारण युनाइटेडमा खुसी छैनन् ।

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रि सिजनका लागि थाइल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा निस्कँदै छ । तर, स्टाइकर रोनाल्डोले त्यसमा पनि सहभागी नहुने बताउँदै आएका छन् ।

केही दिनअघि रोनाल्डोले क्लब छोड्न चाहेको र त्यसबारे क्लब व्यवस्थापनलाई जानकारी दिएको बताएका थिए । क्लबले भने रोनाल्डोको पारिवारिक कारण क्लबको प्रशिक्षणमा सहभागी नभएको जनाएको छ ।

युनाइटेडले थाइल्यान्डमा मंगलबार लिभरपुलको सामना गर्नेछ । त्यस्तै, अस्ट्रेलिया भ्रमणमा युनाइटेडले क्रिस्टल प्यालेस र एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?