यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ ।

समितिले यौन हिंसाको घटनाका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गर्दै यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरेर समितिले पीडितलाई क्षतिपूर्ति पीडकबाट नभई राज्य कोषबाट उपलब्ध गराउने निर्णय गरेको हो ।

पीडकबाट कारबाही स्वरुप प्राप्त हुने रकम राज्य कोषमा जम्मा गर्ने र त्यसबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने समितिले निर्णय गरेको हो ।

विद्यमान कानुनअनुसार पीडितलाई पीडकबाट क्षतिपूर्ति दिलाउने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?