नेपालले प्रतिष्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ-प्रशिक्षक मेघराज केसी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट खेलाडी छनोट गरी भारतमा आयोजना हुने प्रतियोगिताका लागि बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन् । कडा मिहेनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो ।

देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु-२० टोलीको निमार्ण गरेको छ । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिरहेका छन् ।

ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरुले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीब्रता दिइरहेका हुन् र मुख्य लक्ष्य साफ यु-२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ । खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मेहनत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यासबाट आफु सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए ।

प्रशिक्षक केसीले खुला प्रतिष्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । अघिल्लो साता मात्र ११ खेलाडीलाई बिदाई दिएका केसीले अहिले ३० खेलाडीलाई प्रशिक्षण गराईरहेका छन् । टोलीले बिहान र बेलुका गरी दुई सेसनमा प्रशिक्षण गरिरहेका छन् ।

कडा मेहनत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो । कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु-२० समूहलाई सहयोगी टोली खुला प्रतिष्पर्धाबाट लिएको थियो । छनोट हुँदा केही सहिद स्मारक ए डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित बी, सी डिभिजन खेलेको खेलाडीहरुको संयोजन भएको छ । बनेको टोलीलाई साफ यु-२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनु पर्ने बाध्यता अहिलेको अवस्था रहेको प्रशिक्षक केसीले बताए ।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ ।

भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?