मंगलबारदेखि जनार्दन शर्मामाथि छानबिन हुने

Read Time = 1 min

काठमाडौं । करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिनुभएको पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन हुने भएको छ ।

छानबिन गर्न प्रतिनिधिसभाले बनाएको विशेष संसदीय छानबिन समितिले मंगलबारदेखि छानविनको काम थाल्ने भएको हो ।

शुक्रबार नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिन समितिका ११ सदस्यसँग सहजीकरण बैठक गर्नुभएको थियो ।

लोसपाका सांसद लक्ष्मणलाल कर्णका अनुसार आउँदो मंगलबारदेखि समितिले छानबिनको काम सुरु गर्ने छ । सभामुखले बोलाएको छलफलमा समितिका सदस्यहरुलाई निष्पक्ष ढंगले छानबिन गरी तोकिएको समयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको उहाँले बताउनु भयो ।

संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ । सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?