प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्री आबेको निधनप्रति दुःख व्यक्त

Read Time = 2 mins
A A- A+

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेकाा निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो

‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भन्नुभएको छ, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’

जापानका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?