बाल सुधार गृहमा पाँच दिने योग शिविर सुरु 

हिमालय टाइम्स
Read Time = 2 mins

नेपालगञ्ज बाँकेको डुडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगन्जले पाँच दिने नव चेतना शिविर सञ्चालन गरेको हो ।

१९ जेठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रममा भारतको बैंग्लोर आश्रमबाट आउनुभएका स्वामी पूर्णतेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको हो ।

आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले शिविरमा सहजीकरण गरिरहनुभएको छ । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

सुधार केन्द्रकी इन्चार्ज विमला काउचाले बाल सुधार गृहमा बसेका बालकलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न योग शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सुधार गृह तपाईहरूको लागि होस्टेल हो ।

यहाँ शिक्षा, खेलकुद, मनोञ्जनका साथै योग, ध्यान र ज्ञानका साथै सीपमूलक तालिम सञ्चालन गरेर तपाईहरूमा रहेको क्षमता उजागर गर्ने र क्षमता अभिवृद्धि गर्र्ने काम हुनेछ ।’ शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरू सहभागी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?