न्यायाधीश रेणुका साह बर्खास्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ ।

न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त हुनुभएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

न्यायाधीश नियुक्त हुनका लागि आवश्यक योग्यता नपुगेको (ढाँटेको) अभियोगमा न्यायपरिषद् सचिवालयको सिफारिसमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले साहलाई शुक्रबार बर्खास्त गर्नुभएको हो । संविधान र कानुनबमोजिम निरन्तर कानुन व्यवसाय गरेको हुनुपर्नेमा उहाँले निरन्तर जागिर खाएको पाइएको थियो । २०७५ चैत २० गते न्यायाधीश नियुक्त हुनुभएकी साह पूर्व–प्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरीसमेत हुनुहुन्छ ।

उहाँको अयोग्यतामाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले साहलाई गरेको नियुक्तिको निर्णय कामु प्रधानन्यायाधीश कार्कीले उल्ट्याउनु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?