लमजुङ । जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले १०२ जना कैदीबन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६ पुरुष छन् ।
कारागारका जेलर सुवास केसीका अनुसार कारागारको क्षमता ३५ जनाको मात्रै हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै छ,’ उहाँले भन्नुभयो, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई बस्न समस्या भएको छ ।’
सुत्नबस्नसमेत समस्या भएको कैदीहरूको गुनासो हुने गरेको उहाँ बताउनुहुन्छ । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदीबन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भूकम्पले जीर्ण बनेको छ ।
कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका