मंगल ग्रहमा हेलिकोप्टरपछि अब विमान

Read Time = 4 mins
A A- A+

एजेन्सी/मंगल ग्रहमा वैज्ञानिकहरूले विभिन्न प्रकारका खोज गरिरहेका छन् । यसका लागि संसारका धेरै अन्तरिक्ष एजेन्सीहरूले मंगल ग्रहमा अर्बिटर, ल्यान्डर, रोभरहरू पठाएका छन् । नासाले पनि हेलिकोप्टर पठाएको छ र मंगल ग्रहमा ३० सफल उडानहरू पनि पूरा भइसकेका छन् । अब भने मंगल ग्रहमा विमान उडाउने योजना बनिरहेको छ । यसको प्रोटोटाइपको सफल उडान एरिजोनामा गरिएको छ । जसको उद्देश्य मंगल ग्रहको भूगोल र वातावरण अध्ययन गर्नु रहेको छ ।

मंगल ग्रहमा सेलप्लेन उडाउने तयारी भइरहेको छ । उडाइएको प्रोटोटाइप बेलुनमार्फत् उडाइएको थियोे । ताकि यसको अवतरण सुरक्षित होस् । युनिभर्सिटी अफ एरिजोनाका वैज्ञानिकहरूले यो सेलप्लेन बनाएका हुन् । यो प्रोटोटाइप विमान मोटरविहीन छ । अर्थात् यसमा इन्जिन छैन । त्यसैले यो बेलुनमार्फत् उडाइनेछ ।

मंगल ग्रहमा ड्रोन हेलिकोप्टरको उडान सफल भएको छ । जसलाई नासाले इन्जिन्युटी नाम दिएको छ । यो गत वर्ष फेब्रुअरीमा पर्सभेरेन्स रोभरको साथ मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण भएको थियो । इन्जिन्युटीका बारेमा नासाको योजना थियो कि यसले एक महिनाभन्दा बढी काम गर्न सक्दैन । अधिकतम् पाँच उडानहरू पूरा गर्नेछ । तर, पछिल्लो समयसम्म ३० उडान यसले गरिसकेको छ ।

यसले तीन मिनेटभन्दा बढी उडान गर्न सक्दैन । अधिकतम् ३९ फिटको उचाइमा जान सक्छ । युनिभर्सिटी अफ एरिजोनाका वैज्ञानिकहरूले एक विज्ञप्तिमा भनेका छन् कि जहाजले धेरै समय, बढी उचाइ र छिटो धेरै दूरी पार गर्न सक्छ । वैज्ञानिकहरूले भनेका छन् कि अहिले यो सेलप्लेनको धेरै प्रारम्भिक चरण हो । यसको उडान अझै धेरै माथि थिएन । तर, भविष्यमा यसलाई १५ हजार फिटको उचाइमा परीक्षण गरिनेछ । जहाँ पृथ्वीको वायुमण्डल धेरै हल्का हुन्छ । ताकि उसलाई मंगल ग्रहको वायुमण्डलमा उड्न समस्या नहोस् ।

सेलप्लेनले मंगल ग्रहमा इन्जिन्युटीभन्दा उच्च उचाइमा उडान गर्न सक्षम हुनेछ । यसमा उच्च रिजोल्युसन क्यामेरा जडान गरिनेछ । तौल पाँच किलो हुनेछ । यसबाहेक यसमा उडान, तापक्रम र ग्याँस सेन्सर पनि हुनेछ जसले वायुमण्डलको जानकारी संकलन गर्नेछ । यसका साथै यसमा जडान गरिएको क्यामेराले उपत्यका र ज्वालामुखीको तस्बिर लिनेछ ।

यसबारे पियर रिभ्युड रिसर्च पेपर प्रकाशित भएको छ । यो जर्नल एयरोस्पेसमा प्रकाशित छ । जसमा जहाजले सतहको नक्सा बनाउन सक्ने बताइएको छ । यसको क्षमता १०० सेन्टिमिटर प्रतिपिक्सेल हुनेछ । यो विमान मंगल ग्रहमाथि एकैपटक धेरै दिनसम्म वा एक दिनमा धेरै घण्टाका लागि उड्न सक्ने वैज्ञानिकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?