काठमाडौं । काँक्रो हामीमध्ये धेरैले सेवन गरेको खाद्यवस्तु हो । अझ यो असार-साउन महिना त काँक्रोको सिजन नै हो । त्यसो त पछिल्लो समय हरेक मौसममा काँक्रो उपलब्ध हुने गर्दछ । धेरैलाई थाहा नहुन सक्छ काँक्रो खानाले हाम्रो शरीरलाई के-कस्ता फाइदा पुग्छन् भनेर । आउनुहोस् यसका बारेमा केही चर्चा गरौँ । गर्मी मौसममा काँक्रोले हाम्रो शरीरलाइै निकै फाइदा पुर्याउँदछ ।
काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्तमात्रामा पाइन्छ । यसबाहेक कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फर आदि पनि काँक्रोबाट प्राप्त गर्न सकिन्छ । यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म रहेको हुन्छ ।
काँक्रोमा भएको पोषक तत्वले रगत जम्न नदिने, हड्डीको मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्दछ । साथै यसमा रहेको भिटामिन ‘सी’ ले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । काँक्रोले कोलाजेन उत्पादनमा मद्दत गर्छ जसले तपाईंको हड्डी, कपाल र छालालाई बलियो बनाउने काम गर्दछ ।
यस्तै काँक्रोले कब्जियतसँग लड्न मद्दत गर्छ । मधुमेहका रोगीहरूका लागि लाभदायक हुन्छ । यसमा एन्टिबायोटिक राम्रोमात्रामा हुने गर्दछ । काँक्रोका यी सबै पोषणहरूले तपाईंलाई ऊर्जावान महसुस गर्न पनि मद्दत गर्दछ ।
काँक्रोलाई सिधै खान पनि सकिन्छ भने यसको जुस पनि लिन सकिन्छ । तौल घटाउनका लागि काँक्रोको जुस पनि बनाएर खान सकिन्छ । काँक्रोलाई टुक्रा पारेर पुदिनाको पात, तुलसीको पात र अलिकति कागती हालेर यसलाई मिक्चरमा राखेर पिस्नुहोस् । यसले शरीर डिटक्सिङमा पनि सहयोग गर्दछ ।
- पत्थरीको समस्या हुनेहरूका लागि काँक्रोको जुस (रस) उपयोगी हुन्छ ।
- नियमित काँक्रोको प्रयोगले युरिक एसिड सन्तुलित रहन्छ ।
- काँक्रो मधुमेह तथा उच्च रक्तचापका रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
- काँक्रोबाट कोलेस्ट्रोल पनि नियन्त्रित हुन्छ ।
- काँक्रो तथा कागतीको रस मिसाएर लगाउँदा छाला तथा अनुहार सफा एवं सुन्दर देखिन्छ ।
- जोर्नीको पीडा हुनेहरूले काँक्रो एवं गाजरको रस मिसाएर पिउँदा फाइदा मिल्छ ।
- क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरूले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।
- मुख गनाउने समस्या हुँदैन । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउने समस्यालाई समाप्त पार्छ ।
- फेसप्याक लगाएपछि आँखा पोल्नबाट बच्नका लागि काँक्रोलाई काटेर आँखामाथि राख्ने गरिन्छ । यसले आँखालाई चिसो प्रदान गर्छ । कुनै पनि बेला आँखा पोल्यो भने काँक्रोको प्रयोग गर्न सकिन्छ ।
- सिलिशिया नामक तत्व काँक्रोमा प्रचुरमात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरूलाई पनि बलियो बनाउँछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका