किरण गजमेरको स्वरमा ‘भानुभक्त’

Read Time = 1 min

काठमाडौं । आदिकवि भानुभक्त आचार्यमा समर्पित गीत ‘भानुभक्त’ सार्वजनिक भएको छ । सञ्चमान राईको शब्द, किरण गजमेरको स्वर र विश्वास गुरुङको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विसं १८७१ असार २९ गते तनहुँमा जन्मिनुभएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविका रूपमा परिचित हुनुहुन्छ । आचार्यको विसं १९२५ असोज ६ गते मृत्यु भएको थियो । यिनैै आदिकवि आचार्यको जीवनीका बारेमा शोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले के-के पाए भन्ने विषयमा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा कमल सिंहको अभिनय छ । उत्सव दाहालले खिचेको भिडियोमा प्रकाश दाहालको निर्देशन र केशवराज भट्टको कोरियाग्राफी छ । भिडियोको एसोसियट डाइरेक्टरका रूपमा लोकराज अधिकारी हुनुहुन्छ । उहाँले भिडियोमा अभिनय पनि गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?