चेम्बरद्वारा महिलाका लागि सीपमूलक तालिम

Read Time = 2 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ । उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत् आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन विभिन्न क्षेत्रको तालिम सुरु गरेको हो ।

पहिलो चरणमा पाक कला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका छवटा क्षेत्रमा तालिम प्रदान गरिने चेम्बरले जनाएको छ । तालिम कार्यक्रम उद्घाटन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र्र मल्लले उद्यमशीलतामार्फत् महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्प सुरु भइसकेको भन्दै उहाँले सूचना प्रविधि क्षेत्रबाट पनि लाभ लिन आग्रह गर्नुभयो ।

महिलाद्वारा उत्पादित वस्तुको बजारीकरणमा पनि चेम्बरले सहयोग गर्ने मल्लले बताउनुभयो । महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलालाई कम्तीमा १५ दिने तालिम दिइने र तालिम आगामी दिन पनि निरन्तररूपमा सञ्चालन हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?