ग्रेटवालको सर्भिस सेन्टर चाकुपाटमा पनि

Read Time = 1 min

काठमाडौं । ग्रेटवाल ब्रान्डका गाडीको बिक्रीपछिको सेवाका लागि कम्पनीले ललितपुरको चाकुपाटमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टरबाट बिक्रीपछिका सबै सेवा/सुविधा उपलब्ध हुने नेपालस्थित ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले जनाएको छ ।

१५ हजार स्क्वार फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक पूर्वाधारसहितको सर्भिस सेन्टरले मासिक छ सयभन्दा बढी गाडीलाई सेवा प्रदान गर्न सकिने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरसँगै पर्याप्त मौज्दातसहितको स्पेयर पार्ट्स आउटलेटसमेत सञ्चालनमा ल्याएको छ ।

कम्पनीका उपाध्यक्ष रूपेश शर्मा भट्टका अनुसार सर्भिस सेन्टर सञ्चालनसँगै ग्रेटवालका उपभोक्ताले सहज र प्रभावकारी सेवा पाउनेछन् । कम्पनीले उपत्यकाबाहिरका शहरमा पनि शोरुम तथा सर्भिस सेन्टर विस्तार गर्दै जाने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?