बलात्कार मुद्दामा हदम्याद- बालिगलाई दुई वर्ष, अन्यको हकमा तीन वर्ष

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बलात्कारसम्बन्धी घटनाको मुद्दामा हदम्याद हटाउन माग भइरहेका बेला संसदीय समितिले दुईथरि हदम्यादको प्रस्ताव गरेको छ । दलहरूबीच जुटेको सहमतिअनुसार अब बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा दुई वर्ष हदम्याद हुनेछ । समितिको शुक्रबारको बैठकले यौनहिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल भएको थियो । उक्त छलफललगत्तै सहमति जुटेकोे हो । अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न सक्नेछन् ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बालबालिका तथा अपांगता भएका, अशक्त र मानसिक अवस्था कमजोर भएका व्यक्तिको हकमा तीन वर्षसम्मको हदम्याद राख्ने प्रस्ताव गरेको हो । नाबालिगको हकमा बालिग भएको तीन वर्षसम्म अर्थात् २१ वर्षको उमेरसम्म बलात्कारको मुद्दाको हदम्याद हुने प्रस्ताव गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

अन्य बालिग महिलाले भने घटना भएको दुई वर्षभित्र उजुरी दिन सक्नेछन् । हाल एक वर्षको हदम्याद छ । सरकारले ल्याएको विधेयकमा हदम्यादको व्यवस्था यथावत् थियो । समितिको संशोधनसहितको प्रस्ताव संसद्मा पेश हुने जनाइएको छ ।

हाल एक वर्षको हदम्याद छ । सुन्दरी प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि ज्यादती गरेको भन्दै एक युवतीको उजुरीपछि हदम्यादको विषयमा संशोधन हुनुपर्ने माग उठेको हो । सरकारले ल्याएको विधेयकमाथि एमाले र कांग्रेसका सांसदहरूले हदम्याद खुला गर्नुपर्ने संशोधन हालेका थिए । माओवादीले बालबालिकाको हकमा पाँच वर्षको हदम्याद गर्नुपर्ने संशोधन पेश गरेको थियो । मुलुकी अपराधसंहिता २०७४ को दफा २२९ मा एकवर्षे हदम्याद छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?