महाभारतको युुद्ध तत्कालीन सयमको डरलाग्दो युद्ध हो । यो युुद्धले त्यस समयको सम्पूूर्ण भारत वर्षलाई आफूभित्र समाहित गरेको थियो । महाभारतको युुद्ध संसार र संसारमा शासन गर्ने शासकको नभएर परिवारमा देखापरेको कलहको थियो । परिवारको युुद्धले डरलाग्दो विराट रूप लिएको थियो । त्यसैले यो युुद्धलाई तत्कालीन समयको सबल युद्धका रूपमा स्वीकार गरिएको छ । यो युद्धले निम्त्याएको विभीषिकालाई त्यस समयको आफन्तको लडाइँ पनि भनिएको छ । अंशबण्डाका लागि लडिएको युुद्ध थियो थियो तर समयले यसलाई धर्मयुुद्धको नाम दियो । यो युुद्धमा देखिएका हातहतियार आजको विज्ञानले पनि दिन सकेको छैन ।
शक्ति, स्रोत, साधन र वीरताको पहिचानका रूपमा महाभारतको युद्धलाई लिने गरिएको छ । महाभारतमा दुवै सेनाले बनाएका युुद्धनियम अक्षरशः पालन हुन सकेनन् । नियम बनाएर उलंघन गरिएको यो युुद्धलाई धर्मयुुद्धको नाम दिइयो । यो युुद्धमा बनाइएका सबै नियम पालन भएनन् । नियमहरूको उलंघन धर्मको रक्षाका लागि गरिएको तर्क अहिले पनि बलवान् बनेर उभिएको छ । त्यस समयमा लडिएको युुद्धले जुन किसिमको अवधारणालाई बाहिर ल्यायो त्यसले तत्कालीन समयको आधारभूत मान्यता र मानवतालाई समेत झस्काएको देखिन्छ ।
महाभारको युुद्ध अठार दिन चलेको थियो । कौरव सेनाका सेनापति भीष्म र द्रोणको मृत्युु भएपछि कर्ण सेनापतिका रूपमा नियुुक्त भए ।
पिताको मृत्युु देखेका अश्वत्थामा पनि अन्तिम समयसम्म दुुर्योधनको साथमा रहे । उनले दुुुर्योधनलाई छोडेनन् । कर्णको सेनापतित्वमा लडिरहेको कौरव सेना हतास मनस्थितिमा रहेको थियो । सेनापति र विभिन्न वीरहरूको मृत्युुले झस्काएको थियो दुुर्योधनलाई तर उनले सो कुरा मनन् गर्न सकेनन् । युुद्धलाई समाधानको उपाय माने । महाभारतमा देखापरेको युुद्धको यो कहालिलाग्दो अवस्थालाई मनन गरी अश्वत्थामा दुुर्योधनलाई पाण्डवसित सन्धि गर्ने प्रस्ताव राख्ने अवस्थामा देखिए । यदि अहिले पनि सन्धिभई युुद्ध रोकिए संसारको कल्याण हुने तर्क उनको रहेको छ ।
अश्वत्थामाको आग्रह :
अश्वत्थामा गुुरु द्रोणचार्यका पुुत्र र महाभारतका महारथी हुन् । उनको वीरता र उनले दुुर्योधनसित गरेको मित्रतालाई सबैले मानेका छन् । उनी एक असल विश्वासिला मित्रका रूपमा महाभारतमा देखापरेका छन् । उनको र दुुर्योधनको मित्रतामा कहिले पनि कटुुता आएन । कौरव सेनाको संहार, भीष्म, द्रोण जस्ता वीरहरूको मृत्युुका कारण उनमा यो युुद्ध जित्न सकिँदैन भन्ने लाग्यो । उनी दुुर्योधनको हात समाउँदै भन्छन् :
प्रसीद दुुर्योधन शाम्य पाण्डवै रलं विरोधेन धिगस्तुु विग्रहम् ।
हतो गुुरुब्र्रहृमसमो महास्त्रिवत् तथैव भीष्माप्रमुुखा महारथाः ।।
हे दुुर्योधन ! हे मेरा मित्र ! पाण्डवसित सन्धि गर । विरोध गरेर कुनै किसिमको लाभ हुुँदैन । तिम्रा गुुरु मेरा पिता अस्त्र विद्यामा निपुुण थिए । साक्षात् ब्रहृमा समान उनी र भीष्मलगायत अरू वीरहरूको पनि मृत्युु भयो । यो युुद्धको कुुनै औचित्य नै छैन भन्ने भावलाई अश्वत्थामाले राखे ।
युुद्धको आरम्भमा लड्ने र पाण्डव सेनालाई जित्न सकिन्छ भन्ने भावना राख्ने उनी अहिले सन्धिको प्रस्तावमा देखापरेका छन् । युुद्ध राम्रो र गतिलो होइन भन्ने भावलाई यहाँ उल्लेख गरिएको भए पनि उनको पहिले र अहिलेको वाणीमा परिवर्तन देखापरको छ । यो परिवर्तन शान्तिको कामना गर्ने अश्वत्थामाको नभई युुद्धबाट डराएका अश्वत्थामाको हो । उनी शान्तिकामी बनेर उपस्थित भए युुद्धको अन्तिम समयमा । मेरो र मेरा मामा कृपाचार्यको मृत्युु नहुुनमा हामी चिरञ्जीवी भएकाले हो । उनी कृष्ण अनि अर्जुुनले सन्धिको प्रस्ताव स्वीकार गर्ने कुरालाई तर्कयुुक्त ढंगबाट यहाँ राखेका छन् ।
अहं त्ववध्यो मम चापि मातुलः प्रशाधि राज्यं सह पाण्डवैश्चिरम् ।
धनञ्जय शाम्यति वारितो मया जनार्दनो नैव विरोधमिच्छति ।।
यो अश्वत्थामाको दुुर्योधनका लागि उक्ति थियो । मैले भनेमा अर्जुुन मान्नेछ र कृष्णले पनि तिमीहरूको विरोध चाहेका छैनन् । उनी त पहिले नै शान्तिको पक्षमा देखिएका थिए । अश्वत्थामा शान्ति चाहन्छन् वा युुद्धको समापन । उनी एक असल मित्रका रूपमा देखापरेका छन् । उनलाई आफूमाथि पूर्ण विश्वास छ । युुद्ध मैले भनेपछि रोकिनेछ । तिमी आफ्ना मातापिताका साथ हस्तिनापुरमा रहनेछौ । वृद्ध धृतराष्ट्र र गान्धारीलाई देखेर युुधिष्ठिर युुद्धलाई रोक्न तथा तिम्रो सन्धिप्रस्ताव स्वीकार गर्नेछन् :
वृद्धं पितरमालोक्य गान्धारीं च यशस्विनीम् ।
कृपालुुधर्मराजो हि याचितः शममेष्यति ।।
वृद्ध तिम्रा पिता र मातालाई हेरेर पाण्डवबाट युुद्ध रोकिनेछ । युुधिष्ठिर दयावान् छन् । उनले युुद्धलाई समाप्त गर्नेछन् भन्ने कुरालाई अश्वत्थामाले यहाँ उल्लेख गरे । उनी युुद्धको समाप्ति चाहन्छन् वा दुुर्योधनलाई जीवित देख्न चाहन्छन् यो कुरा महाभारतले उल्लेख गरेन । उनको चाहना एउटा मित्रको सकुुशल अवतरण भन्ने बुुझिन्छ । अश्वत्थामा युुद्ध रोकेर दुुर्योधनको भलो चिताएको कुरा उल्लेख गरेर आफूलाई असल मित्रका रूपमा बाहिर ल्याउन खोज्ने व्यक्ति हुुन् । उनको आग्रह दुुर्योधनले मान्न पनि सक्ने र नमान्न सक्ने अवस्था देखिएको छ । अश्वत्थामा महाभारतमा चार मित्रको उल्लेख गरेर दुुर्योधनलाई सम्झाउने प्रयासमा समर्पित रहेका छन् । उनी मित्रको वर्गीकरण गर्दै भन्छन् :
वदन्ति मित्रं सहजं विचक्षणास्तथैव साम्ना च धनेन चार्जितम् ।
प्रतापतश्चोपनतं चतुुर्विधं तदस्ति सर्वं तव पाण्डवेषुु ।।
विद्वान् चार मित्रको कुरा गर्दछन् । पहिलो सहज मित्र जोसँग सहज मित्रता कायम भएको हुुन्छ । दोस्रो सन्धि गरेर बनाएको मित्र, तेस्रो धन दिएर किनेको मित्र, चौथो कसैको बल, प्रतापका अघि टिक्न नसकेर शरणमा आएको मित्र । यी चार मित्रहरूको वर्गीकरणमा तिमी पाण्डवका अघि सबै प्रकारका मित्रका आधारमा उपस्थित रहनेछौ । यही हो अश्वत्थामाको दुुर्योधनप्रतिको सहज अभिव्यक्ति । यो अभिव्यक्तिमा सत्यता छ । स्वभाविकपन छ । मानवीय भावना छ । शत्रुु बलवान् छ भने शरणमा जाने आतुरता छ । यही आतुरतका कारण युुद्ध रोकिन सक्ने सम्भावना पनि छ ।
सन्धि युुद्धको सबैभन्दा उत्तम उपाय हो । यो उपायबाट संसारका ठूल्ठूला युद्ध रोकिएका छन् । कौरवतर्फका धेरै सेनाले वीरगति प्राप्त गरेपछि गुुरुपुुत्रका मनमा पलाएको आधार हो । यो आधारले महाभारतमा शान्तिको अवस्था आउने संकेत देखिएको छ । शान्ति र युुद्ध एकै समयमा सञ्चालन हुन नसक्ने अवस्था देखेपछि अश्वत्थामाले यो उपाय अपनाउन खोजेका छन् । उनी आफू अमर छन् । अमरत्वका कारण उनलाई युुद्धको डर नहुुने हो ।
आफू अमर भए पनि एउटा असल मित्रको भावनालाई उनले बोकेका छन् । असल मित्रको भूमिकामा उनी उभिएका छन् । सकेसम्म मित्रको जीवन रक्षाका लागि गरिएको उनको प्रयत्न स्तुुत्य छ । युुद्धको आरम्भमा सदा कौरव सेनाको वीरतालाई उल्लेख गर्ने उनले कसरी सन्धिको प्रस्ताव राखे यो आश्चर्यको प्रमाण मानिएको छ ।
अन्तिम विकल्प :
युद्धमा संलग्न भएदेखि नै कौरवलाई सर्वोपरि मान्ने अश्वत्थामा हरेक विकल्पको खोजमा देखिएका छन् । यदि यो युुद्ध रोकियो भने उनका मित्र दुुर्योधन सहज किसिमले हस्तिनापुरमा रहन सक्ने तर्क पेश गरेका छन् । यो उनको व्यक्तिगत तर्क होइन । यो उनले समाजहित र मानवहितका लागि राखेको तर्क मानिएको छ । उनी दुुर्योधनलाई अन्तिम विकल्प सुुझाउँदै भन्छन् :
निसर्गतस्ते तव वीर बान्धवाः पुुनश्च साम्ना समवाप्नुुहि प्रभो ।
त्वयि प्रसन्ने यदि मित्रतां गते हितं कृतं स्याज्जगतस्त्वयातुलम् ।।
पाण्डवहरू तिम्रा जन्मजात दाजुुभाइ हुन् । त्यसैले उनीहरू सहज मित्रका रूपमा चिनिएका छन् । तिमीले सन्धि गरेर उनलाई आफ्ना बनायौ भने तिम्रोमात्र होइन संसारको हित हुने निश्चित प्रायः देखिन्छ । यहाँ अश्वत्थामाले दुर्योधनको मात्र हित चाहेनन् । उनले त संसारको हित युुद्ध रोकिनुुमा देखे । यही चाह उनमा युुद्धका आरम्भमा पलाएको भए सम्भवतः महाभारत हुुने थिएन होला ? भन्ने तर्कलाई यहाँ उल्लेख गर्न सकिन्छ ।
तर, आरम्भमा दुुर्योधनलाई उक्साउने, पिता द्रोणचार्यको भावना नबुुझ्ने, कृष्णको शान्तिको प्रस्तावलाई अस्वीकार गर्ने अश्वत्थामा किन यो अवस्थामा आए यो तथ्यलाई बुुझ्नु आवश्यक मानिन्छ । उनी महारथी हुुन्, अमर छन्, द्रोणाचार्यका पुुत्र हुन्, सबल धनुुर्धर हुन् तर किन युुद्धको डरले उनलाई सतायो होला । त्यसको जवाफ आवश्यक छ तर उनले युुद्ध रोक्नका लागि गरेको प्रस्तावमाथि दुुर्योधनको चिन्तन भने भिन्न किसिमको देखिएको छ ।
आफ्ना भाइहरूको मृत्युुलाई आँखाअघि देखेका दुुर्योधनले युुद्धलाई रोक्न सन्धि प्रस्ताव गर्ने अश्वत्थामाप्रति यसरी उल्लेख गरेका छन् । मेरा भाइहरू मारेर हाँस्ने भीमको अवस्थालाई हेरेर म कसरी सन्धि गर्न सक्छुु न तत् परोक्षं भवतः कुुत शम यस्तो अवस्थामा सन्धि गर्नु इतिहासमा दुुर्योधन धिक्कारिनुु हो । यो धिक्कारपन ममा रहनेछैन । उनले सन्धिको प्रस्तावलाई ठाढै खारेज गरेका छन् ।
एक असल मित्रको भूूमिका निर्वाह गर्न सक्षम अश्वत्थामाको मित्रप्रतिको सद्भाव हो । यही सद्भावलाई उनले युुद्धका लागि लालायित दुुर्योधनका अघि राखेका हुन् । युुद्धको अन्तिम अवस्था र अनेक वीरहरूले वीरगति प्राप्त गरेको समयमा आएको प्रस्ताव दुुर्योधनलाई अस्वीकार भएको हो । युुद्धमा हुनुु आवश्यक छ । अश्वत्थामा जस्ता मित्र भएको भए आजकल हुने हरेक युुद्धले शान्तिलाई स्वीकार गर्ने थिए र युुद्ध नै हुने थिएनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच