पाटन उच्च अदालत बार एसोसिएनको मतदान हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ ।

नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी हुनुभएको छ ।

नयाँ कार्यसमितिमा पाँच र १४ गरी १९ सदस्य रहनेछन् । जस्मा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका ५ः१५ सम्म मतदान जारी रहनेछ ।

आजै साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?