श्रीलंकाका पूर्व क्रिकेटर जयसूर्या पनि प्रदर्शनकारीसँगै सडकमा

Read Time = 2 mins

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा कब्जा जमाएका छन्। यतिबेला राष्ट्रपति निवासबाटै भागेका छन् । प्रदर्शनकारीले राजापाक्षेको सरकारी निवासमा समेत तोडफोड गरेका छन् । अर्कोतर्फ, र्‍यालीका क्रममा श्रीलंकाका प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । जसमा करिब एक सय जना घाइते भएका छन् ।

यसैबीच श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्या पनि प्रदर्शनकारीसँगै देखिएका छन् । उनले ट्वीटरमा आन्दोलनकारीसँगका आफ्ना केही तस्विर पनि सेयर गरेका छन् । उनले लेखेका छन्, 'उनीहरू श्रीलंकाका जनतासँग उभिएका छन् र छिट्टै विजयको उत्सव मनाउनेछन्। यो कुनै उल्लंघन नगरी जारी राख्नुपर्छ।'

यसैबीच राष्ट्रपति राजापाक्षे भने सुरक्षित स्थानमा सरेका छन् । यद्यपी राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ। आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?