मधेश प्रदेश : राष्ट्रिय शोकका दिन प्रदेशसभा बैठक राखेको भन्दै प्रतिपक्षद्वारा बहिष्कार

Read Time = 2 mins

-पुरन साह

जनकपुरधाम । मधेश प्रदेशको शनिबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षीदलहरुले बहिष्कार गरेको छ । मित्र तथा नेपालको सहयोगी राष्ट्र जापानका पूर्व प्रधानमन्त्रीको हत्याको शोकमा नेपाल सरकारले शनिबार एकदिन शोक मनाउने र औपचारिक कुनै पनि कार्यक्रम नगर्ने घोषणाका बाबजुद प्रदेशसभाको औपचारिक बैठक उचित नभएको लोसपा र एमालेका सांसदहरुको आरोप थियो ।

मधेश सरकार नेपाल सरकारकै एक अंग रहेकाले नेपाल सरकारको निर्णय र परिपत्र विरुद्व मधेश सरकार र प्रदेशसभा चल्न नहुने एमाले र लोसपाको तर्क थियो । लोसपा सांसद उपेन्द्र महतोले प्रदेशसभा औपचारिक बसेको हो भने शोकको समयमा बैठकमा बस्न नसकिने भन्दै बहिष्कार गरेको बताउनु भयो ।

साथै प्रदेशसभा बैठक प्रारम्भमै लोसपा र एमालेका सांसदहरुले बोल्दै विभिन्न घटना छानविनका लागि उपसभामुखको संयोजकत्वमा गठित विशेष छानविन समितकै एक सदस्य विदेश्वर यादव समितिको मर्यादा विपरित बिना छलफल गरी रोष्टममा गएर छानविन प्रभावित हुने गरि मन्तब्य दिएकाले सांसद यादवलाई समितिबाट हटाउनुपर्ने माग गर्नुभएको थियो ।

लोसपा सांसद साहले विपक्षीदलसंगको छलफल र सहमती बिनानै प्रदेशसभा बैठक अगाडि बढाइएको भन्दै विरोध समेत जनाउनु भयो । बहिष्कारका बाबजुद पनि मन्त्रालयको विषयगत शीर्षकहरुमा उठेको प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेको र बैठक बसिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?