धादिङमा एक जनाको शव फेला

Read Time = 1 min

काठमाडौं । धादिङमा एक वृद्धाको शव फेला परेको छ । शनिबार सिद्धलेक गाउँपालिका १ थोपल खोलास्थित किनारमा एक वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ ।

निलकण्ठ नगरपालिका ७ बाँसबोटे बस्ने ६४ वर्षीया मनमाया रेग्मीको शव फेला परेको प्रहरीको भनाइ छ ।

उनी शुक्रबार घरबाट घाँस काट्न हिँडेकी थिइन् । घर नफर्किएपछि उनको खोजी गर्दा प्रहरीले खोला किनारमा शव फेला पारेको हो ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?