केरुङे खोलामा डुबेर एक बालकको मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कावासोती-५ निवासी नवलसिंह झेडी रहेका छन् ।

नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ केरुङे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार उनको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगेको भए पनि स्वास्थ्यकर्मीले बालकलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?