-विजय रावत
जुम्ला । जुम्लाका १४ जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको मूल्यांकनका आधारमा किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो।
कृषि तर्फ सात र पशु तर्फ सात जनालाई जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुने किसानलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गशेष अधिकारीले जानकारी दिनुभयो ।
कृषकको हरेक व्यवसायको मुल्यांकन गरेर पुरस्कारका लागि छनौट गरिएको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले स्थलगत अनुगमनका आधारमा निष्पक्ष रुपमा वास्तविक व्यवसायीक कृषकलाई पुरस्कृत गरिएको बताउनुभयो । सो पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको कृषि विकास कार्यालयले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम