जोकोभिच विम्बल्डनको फाइनलमा

Read Time = 2 mins

पेरिस । शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गर्नुभएको छ जोकोभिचले घरेलु खेलाडी क्यामरोन नोरीमाथि ३-१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा स्थान बनाउनुभएको हो ।

शुक्रबार राती भएको सेमिफाइनलको सुरुवाती सेट २-६ ले गुमाउनुभएका उहाँले त्यसपछि तीन सेट ६-३, ६-२ र ६-४ ले सहजै आफ्नो पक्षमा पार्दै कीर्तिमानी ३२औँ पटक ग्रान्डस्लामको फाइनलमा प्रवेश गर्नुभएको हो । उहाँले ६ पटक यस प्रतियोगिताको उपाधि उचालिसक्नुभएको छ ।

३५ वर्षीय जोकोभिचले अब २१औँ पटक ग्रान्डस्लाम जित्ने सम्भावना प्रबल छ । राफायल नाडालले कीर्तिमानी २२ औँ पटक ग्रान्डस्लाम जित्नुभएको छ । नाडालले घाइते हुँदै मैदान छाडेपछि जोकोभिचको सम्भावना बढेको हो ।

२०औँ पटकको ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले अब उपाधिका लागि आइतबार अस्ट्रियन निक किर्गियोससँग प्रतिस्पर्धा गर्नुहुनेछ । नाडालले पेटको चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनलमा पुग्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?