अमरनाथमा भारी वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु, कयौं बेपत्ता

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । भारतको अमरनाथको मन्दिर नजिकै शुक्रबार अपराहृन आएको आँधी र ठूलो वर्षाका कारण कम्तीमा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एक सय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्धारमा कुनै कठिनाइ नभएको बताएको छ ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् । चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् । अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?