‘लण्डन टू पेरिस’को छायांकन सुरु

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सुरु गरिएको छ । गत शुक्रबार लण्डनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । चलचित्र ‘पञ्चेवाजा’ फेम्ड निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्दै हुनुहुन्छ । उहाँँले पाँच वर्षपछि निर्देशनमा कमव्याक गर्नुभएको हो ।

चलचित्रका प्रमुख कलाकार साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कवीर खड्काले मुहूर्त सट दिनुभएको थियो । निश्चल र गरिमाको यो डेब्यु चलचित्र हो । चलचित्रको छायांकनका लागि चारजना कलाकारको टोली यसैसाता लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ताअगाडि नै छायांकनको चाँजोपाँचो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन बेलायत र फ्रान्समा हुनेछ । चलचित्रमा साम्राज्ञीले नवनायक निश्चलसँग स्क्रिन शेयर गर्नुहुनेछ ।

छायांकनअघि कलाकारलाई एक महिना रंगकर्मी सरिता गिरीले वर्कसप गराउनु भएको थियो । एबी इन्टरनेशनलको व्यानरमा निर्माण हुने चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले चलचित्र ‘पञ्चेवाजा’ बनाउनु भएको थियो । निर्देशक लामिछानेले सामाजिक विषयवस्तुमा ‘अग्निदहन’ र ‘धौली’ चलचित्रको पनि निर्देशन गर्नुभएको छ । चलचित्रको निर्मातामा अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल हुनुहुन्छ भने सहनिर्मातामा अजित सिंह हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?