काठमाडौं । बन्द रहेको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स पुनः सञ्चालनमा ल्याउन पहल सुरु भएको छ । व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग समिति सभापति मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिताकुमारी गिरी, उमाशंकर अरगरिया, समितिका सचिवलगायतका पदाधिकारीले शनिबार बन्द रहेको चिनी मिलको स्थलगत निरीक्षण गरी पुनः सञ्चालनका लागि उखु उत्पादक संघ, कर्मचारी युनियन तथा मजदुर संघका पदाधिकारीसँग मिल सञ्चालनबारे छलफल गर्नुभएको हो । मिल सञ्चालनका लागि व्यवस्थापकसँग पनि छलफल गरिने सभापति यादवले बताउनुभएको छ ।
छलफलमा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, सल्लाहकार रामभरोसी यादव, कर्मचारी युनियनका धिरेन्द्र यादव, सानेलाल सहनी, रामकिशोर साह, राजदेव सहनीलगायतको सहभागिता थियो । २०५१ सालमा स्थापना भएको श्रीराम सुगर मिल लगातार २६ वर्ष सञ्चालनमा रहेको थियो तर उखुबापतको रकम धेरै उधारो भएपछि सूचना जारी गर्दै मिल सधैंका लागि बन्द भएको घोषणा गरेको थियो । सुगर मिल बन्द भएपछि अधिकांश किसानले उखुखेती गर्न छोडेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको