काठमाडौं । जाइमेन किङ लङ युनाइटेड अटोमोटिभका विद्युतीय सवारीसाधन नेपाली बजारमा भित्रिएका छन् । सन् १९८८ मा स्थापित कम्पनी सार्वजनिक यातायातका साधन उत्पादन गर्ने चीनकै ठूलो उत्पादक कम्पनी हो । कम्पनीले चीनका विभिन्न क्षेत्रमा रहेका तीन अत्याधुनिक प्लान्टबाट बस, ट्रक तथा माइक्रोबस उत्पादन गर्दै आएको छ ।
कम्पनीले वार्षिक एक लाख बस तथा माइक्रो बस उत्पादन गर्दै आएको छ । तीन दशक अवधिमा कम्पनीले चार लाख बस तथा माइक्रो बसको उत्पादन तथा बिक्री गरिसकेको जनाएको छ ।
बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्विडेन, माल्टालगायत मुलुकमा अग्रस्थान हासिल गर्न सफल कम्पनीले पछिल्लो पटक नेपाली बजारमा विद्युतीय माइक्रो बस भित्र्याएको छ । इको भिजनरी प्रालिले उक्त कम्पनीका विद्युतीय माइक्रो बस किङविन एक्सएमक्यु ६५२० इभी नेपाली बजारमा भित्र्याएको हो ।
१४ सिट क्षमताको माइक्रो बसमा ५० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । जडान गरिएको ८० किलोवाटको मोटरले दुई सय ८० न्युटन मिटर टर्क उत्पादन गर्छ । एकपटकको फुल चार्जमा दुई सय ५० किलोमिटर गुडाउन सकिने इको भिजनरी प्रालिका अध्यक्ष उमेश श्रेष्ठले बताउनुभएको छ ।
उक्त कम्पनीले तीनपांग्रे सफा टेम्पो उत्पादन, नेपाली आवश्यकताअनुरूपको लिथियम आयन ब्याट्री प्याकको डिजाइन, सार्वजनिक प्रयोगमा विद्युतीय सवारीसाधनको लिट अपरेसन, चार्जिङ स्टेसन सञ्चालन, इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरणलगायतका कार्य गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच