एनआइसीद्वारा तीन ग्राहकलाई बिमा रकम प्रदान

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बिमावापत थप तीन ग्राहकलाई ३० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ । सर्वश्रेष्ठ बचत खाताअन्तर्गत बैंकमा बचत खाता खोलेका तीन ग्राहकलाई प्रतिव्यक्ति १० लाखका दरले बिमा रकम भुक्तानी गरेको हो ।

बिमा रकम प्राप्त गर्नेमा हरिन्द्र शाह तेली, प्रचण्डजंग शाह र सञ्जित तामाङ रहेको बैंकले जनाएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्तरूपमा बिमा रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?