सेनेटरी प्याड आयात नगरेको दाबी

Read Time = 2 mins

काठमाडौं । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा सेनेटरी प्याड आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको दाबी गरेको छ । ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै सेनेटरी व्याड नभई बच्चाका लागि डाइपरमात्रै आयात गर्ने गरेको दाबी गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालिका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाका लागि प्रयोग हुने डाइपर आयात गर्ने कम्पनी हो, विभिन्न सञ्चारमाध्यममा सेनेटरी प्याड आयात गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ति छ । ब्लुप्रिन्ट ट्रेडिङले स्थापनाकालदेखि हालसम्म सेनेटरी प्याड आयात गरेको छैन ।’

बिनाआधार आफ्नो कम्पनीको मानहानी हुने गरी प्रकाशित र प्रसारित समाचार गलत भएको भन्दै सञ्चारमाध्यमलाई बिनाआधार समाचार प्रकाशन गर्दा संविधानले दिएको प्रेस तथा वाक् स्वतन्त्रताको दुरूपयोग हुनुका साथै सञ्चारमाध्यमकै विश्वसनीयतामा प्रश्न उठ्ने हुँदा तथ्य र प्रमाणका आधारमा मात्रै समाचारहरू प्रकाशन गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?