१४ क्यासिनोले रोयल्टी तिरेनन्

Read Time = 3 mins

काठमाडौं । पर्यटन विभागले विभिन्न १४ क्यासिनोलाई सञ्चालन इजाजतपत्र नवीकरण रोयल्टी भुक्तानीका लागि ताकेता गरेको छ । विभागले शनिबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ सम्म नियमितरूपमा रोयल्टी रकम दाखिला गरी नवीकरण भएका र आर्थिक वर्ष २०७९/०८० का लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणको रोयल्टी रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने अनुमति पाएका कम्पनीले रोयल्टी रकम भुक्तानी नगरे इजाजत नवीकरण नहुने र इजाजत नै रद्द गर्ने विभागले चेतावनीसमेत दिएको छ ।

विभागले तारागाउँ रिजेन्सी होटलमा सञ्चालित प्राइड इन्टरनेसनल, होटल डेला अन्नपूर्णमा सञ्चालित एटलान्टिक रिक्रियसन, मल्ल होटलमा सञ्चालित क्यासिनो बेल्लिज नेपाल, न्यु होटल सिद्धार्थ नेपालगञ्जमा सञ्चालित ज्याकपट गेमिङ सेन्टर प्रालि, इच्छा होटल सिमरामा सञ्चालित स्माइल कलेक्सन, होटल मेची क्राउन झापामा सञ्चालित भेगस रिक्रियसन नेपालका नाममा सूचना जारी गरेको हो ।

त्यस्तै होटल अलफ्ट ठमेलमा सञ्चालित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट, होटल निर्वाण सिद्धार्थनगरमा सञ्चालित निर्भाना बक्जरी इन्टरनेसनल, होटल स्टारलाइट नेपालगञ्जमा सञ्चालित भेन्यु रिक्रियसन, होटल नान्स सिद्धार्थनगरमा सञ्चालित सिद्धार्थ गेमिङ जोन, होटल सिटी प्यालेस नेपालगञ्जमा सञ्चालित सेपियर इन्टरटेनमेन्ट, हिमाल वाटर पार्क एन्ड भिलेज वीरगञ्जमा सञ्चालित गोल्डेन फिङर गेमिङ जोन र स्नेह होटल नेपालगञ्जमा सञ्चालित बेलिज इन्टरटेनमेन्ट प्रालिलगायतले पनि रोयल्टी रकम भुक्तानी नगरेको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?