आबेको हत्याबारे जापान प्रहरी भन्छ : सुरक्षामा त्रुटि थियो

हिमालय टाइम्स
Read Time = 1 min

टोकियो । जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिनुभएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भन्नुभयो, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन । ’

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ ।

माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार हुँदैछ । आबेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ ।

उहाँको हत्याले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ । आबे एलडीपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो ।

शनिबार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ उहाँको प्रचार प्रसार जारी थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?