प्रभु क्यापिटलद्वारा मोबाइल एप सञ्चालनमा

Read Time = 1 min

काठमाडौं । प्रभु क्यापिटलले मोबाइल एप सञ्चालनमा ल्याएको छ । क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो । मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सकिने क्यापिटल कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, भिडियो केवाईसी गर्न, हितग्राही खाताका विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नवीकरण शुल्क भुक्तानी गर्न, मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न उक्त एपबाट सजिलो हुने कम्पनीले जनाएको छ ।

यसैगरी लगानी व्यवस्थापन सेवामा जोडिन उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि एपमा रहेको छ । साथै नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्था पनि सो एपमार्फत हेर्न सकिने कम्पनीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?