काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्रीबहादुर’ नेपालमा प्रदर्शन हुनु अघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ ।
फिल्म आगामी ३० जुलाईमा सिड्नीलगायत चार सहरमा प्रदर्शन गर्न लागिएको हो । फिल्म रिलिजकको लागि शोभित केही दिनअघि अष्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य र नवकलाकार एलिना गुरुङको अभिनय छ ।
एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन तथा समिर मियाको सम्पादन रहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच