दाङमा नयाँ मोडेलका वृक्षारोपण कार्यक्रम शुरु

Read Time = 6 mins

-विवेक खड्का
दाङ । डिभजिन वन कार्यालयले दाङमा संरक्षणमुखी वृक्षारोपण कार्यक्रम शुरु गरेको छ । बर्षेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो बर्षदेखि संरक्षणमुखी बृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अभियानकै रुपमा वृक्षारोपण गरेर कम मात्रै बिरुवा हुकाउने भन्दा बरु थोरै लगाउने र धेरै हुर्काउने लक्ष्यका साथ यो बर्ष दाङमा यो बर्ष करिव २ सय हेक्टरमा करिवा दुइ लाख बिरुवा लगाइएको डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठ जानकारी दिनुभयो ।

संरक्षमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरी घोराहीको मघै, रामपुरको चरिङ्गेदह, तल्सीपुरको कटकुइया, भ्यूडर सुनपुर र बबैमा गरी ९ हेक्टर वनमा ताराबार सहितको बृक्षरोपण कार्य सम्पन्न गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

सूचना अधिकारी केसीका अनुसार तुल्सीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, नारायणपुरको सरजुगंगा र बैबै नदी, अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिव २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ ।
डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अवको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागि गराई दाङका घोराही र तल्सीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी घोराहीका शान्ति र करजाही, पुरन्धाराको झारगजेरी, दंगीशरणको बालकल्याण सामुदायिक वन क्षेत्रको करिव २० हेक्टर जग्गामा बिरुवा लगाई संरक्षणको काम अघी बढाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्लाको पहाडि भेगमा जडिबुटी बिस्तारको काम अघी बढाइएको छ । बंगलाचुली गाउँपालिकाको १० हेक्टर, घोराहीको पहाडी भेगमा ६ हेक्टर र तुल्लीपुरको ४ हेक्टरमा टिमुर, मालगेडी सुगन्ध कोकिला लगायतका जडिबुटीका बिरुवा लगाइएको छ । त्यस्तै, समुह र सहकारी मार्फत यो बर्ष करिव २० हेक्टर जमिनमा जडिबुटी खेती बिस्तार गरिएको कार्यालयले जानकारी दिएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं ४ सिस्नेखोलाको किनारा रहेको खाली जग्गा आज बृक्षरोपण गरिएको छ । बर्षौदेखि पराम्परागत खुल्ला चरिचरणको रुपमा रहेको नाङ्गो पाखामा आज आइतवार उपभोक्ताहरुले बृक्षारोपण गरेका हुन ।

स्थानीय बसन्तापुर र स्यालापानी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्नेखोलाको नदी किनारमा रहेको जग्गामा दुइ सय बढि उपभोक्ताहरुले बिरुवा लगाएका हुन । उक्त बृक्षरोणको संरक्षणका लागि डिभिजन वन कार्यालय दाङले ५ सय ४५ मिटर काटेतारबार समेत गरिदिएको छ ।
करिव २० हेक्टर खाली वन क्षेत्रमा असना, हर्रो, बार्रो, अमला, सुगन्धकोकिला, बडहर प्रजातिका ३ हजार २ सय बिरुवा लगाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । बर्षौदेखि खेरा गइरहेको र भूक्षयको जोखिम समेत रहेको उक्त क्षेत्रमा संरक्षणमुखी बिरुवा रोपण गरी नमुना योग्य बन बनाउने योजनाका साथ कार्यक्रम थालिएको कार्यालयले जनाएको छ ।

बसन्तापुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन योगीको सभापतित्व एंव डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मुनाल घिमिरेको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहायक वन अधिकृत भक्तबहादुर चौधरी, अनन्त डाँगी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सूचना अधिकारी खिमबहादुर केसीले गराउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?