काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नु भएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नु भएको हो ।
अध्यक्ष ओलीले गीत, संगीतसहितका साहित्यिक रचनाहरु छन्दवद्ध र लयवद्ध हुने भएकाले त्यसलाई बिर्सन नसकिने बताउनु भयो । उहाँले नेपाल साहित्यिक रचनाहरुको पनि उद्गम थलो रहेको दोहो-याउनु भयो ।
कार्यक्रममा ओलीले छिन्नलता साहित्यिक पुरस्कारबाट स्रष्टाहरुलाई सम्मान समेत गर्नु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका