आयोजकको ध्यान गएन, हुम्ला एकेडेमीद्वारा खेलमैदान सरसफाइ

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको खेलमैदानमा हुम्ला एकेडेमीले सरसफाइ गरेको छ ।

पाँच दिनसम्म जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएर फोहोर भएको खेलमैदानलाई आइतबार बिहान सरसफाइ गरिएको हो ।

उक्त खेलमैदान सरसफाइमा आयोजक टिमलगायत अन्यको समेत ध्यान नजाँदा हुम्ला एकेडेमीले सरसफाइ गरेको हो ।

एकेडेमीका अध्यक्ष विष्णु रावतको नेतृत्वमा उक्त खेलमैदानमा प्रशिक्षण गर्दै आएका बालबालिकाले सरसफाइ गरेका हुन् । रावतले खेलमैदान सरसफाइ गर्नु आफ्नो कर्तव्य, दायित्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केवल अरूको मुख ताक्ने हाम्रो बानी, खेलमैदान हामी सबैको हो । यसको सुरक्षा, सरसफाइ हाम्रो कर्तव्य हो ।’ खेलमैदानमा फ्रुटी, चाउचाउ, चुरोट, सूर्तिलगायत अन्य फोहोर रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?