पदक विजेता सम्मानित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आप्mना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत हप्ता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौंमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको हो ।

प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैशिदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतीले विजेता खेलाडीहरूलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजार रुपैयाँले पुरस्वृmत गर्नुभयो । आसाममा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी सहभागी जैशिदेवल तेक्वान्दो डोजाङका एघारै खेलाडीले पदक जित्नुभएको थियो ।

सो प्रतियोगितामा मुविक्क्षा गजुरेलले सब जुनियर क्याटागोरीको ग्योरोगीतर्फ स्वर्ण र पुम्सेतर्फ कास्य तथा रोजन प्रजापतीले क्याडेट क्याटागोरीको ग्योरोगीतर्फ रजत र पुम्सेतर्फ कास्यसहित दोहोरो पदक जित्नुभएको थियो । आस्ना राना मगर र झरना थापा मगरले पनि स्वर्णपदक हात पार्नुभयो ।

यसैगरी सोनी बानियाँ, राजीव गुरुङ, समर्थध्वज जोशीले रजत पदक तथा सुरेश हाङ लिम्बू, सन्देश राई, राहुल लिम्बू र समर लामाले कास्य पदक जित्नुभएको थियो । यसैगरी, उपत्यकाव्यापी तेक्वान्दोमा जैशिदेवल डोजाङले तीन पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?