देवलाल र याङ्दी पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देवलाल महर्जन र याङ्दी लामा शेर्पा बुद्धवीर लामा ११औँ गीतिमय साँझको सफलताका लागि आयोजित पाँच किलोमिटर शुभकामना दौडमा पहिलो हुनुभएको छ । देवलाल पुरुष र याङ्दी महिलामा पहिलो हुनुभएको हो । देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गर्नुभयो । राजु महर्जन दोस्रो तथा बुलाल महर्जन तेस्रो हुनुभयो । तीनपटककी एभरेस्ट म्याराथन विजेता याङ्दीले ३२ मिनेट ११ सेकेन्ड समय खर्चिनुभयो । सुनिता योञ्जन लामा दोस्रो तथा सीता रिमाल तेस्रो बन्नुभयो ।

विजेतालाई ज्ञानोदय बालबाटिका माविकी संस्थापिका इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सो अवसरमा भेट्रान धावकद्वय पुष्पलाल श्रेष्ठ र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो । प्रयास मञ्च नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको थियो । दौडमा एक सय सहभागी थिए ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, पूर्वधावक एवं गीतकार बुद्धवीर लामा, विश्वको चर्चित मानिने बोस्टन र बर्लिन म्याराथन दौडिसकेका धर्म महर्जन, पूर्वधावक शम्भु दाहाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायत दौडनुभएको थियो । पूर्वधावक एवं गीतकार बुद्धवीर लामाको नाममा इलाममा हुने बुद्धवीर लामा सूर्योदय पर्यटन हाफ म्याराथनको सहयोगार्थ बुद्धवीर लामा ११औँ गीतिमय साँझ भदौ ११ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?