काठमाडौं । हाई भोल्टेज टिमले तेस्रो संस्करणको नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गतको पब्जीतर्फको उपाधि जितेको छ । नेपाल ई-स्पोर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मलिक कार्की, प्रविन तामाङ, सुप्रिम अधिकारी, कौशल खत्री र दिवसकुमार श्रेष्ठको हाई भोल्टेजले डिआरएस गेमिङलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै डोटा २ को उपाधि टिम बेडोजले जितेको छ । फाइनलमा टिम तेन्जुकु ग्याङलाई हराउँदै बेडोज च्याम्पियन बनेको हो । यस टोलीमा अभिनव शाक्य, प्रज्वल विष्ट, रमण श्रेष्ठ, सिसन कार्की र लुजा महर्जन रहनुभएको छ ।
सिएस गोतर्फको उपाधि टिम लेजनले जितेको छ । यस टोलीमा अभियान गौतम, आरम्भ अधिकारी, रियल सिंह, औरास कोइराला, स्वर्णिम शाक्य र सौरभ डंगोल रहनुभएको छ । टिम ख्याक उपविजेता रहृयो । एमएलबिबीको उपाधि आयुस राई, यावेश सुनुवार, कविन कार्की, सुदेश राई र किशोर गुरुङ रहेको टिम एभेन्जर्सले जितेको छ । टिम पिङपोङ उपविजेता बन्यो । त्यस्तै टेकेन ७ को उपाधि दुर्गेश घर्ती मगरले हात पार्नुभयो ।
विजेताले इन्डोनेसियाको बालीमा आयोजना हुने १४औँ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप २०२२ का लागि दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोटमा सहभागिता जनाउन पाउनेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका