काठमाडौं । राजीव महर्जन र मनिता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभयो । खेलतर्फ सिंगल्सको पुरुषमा राजीव र महिलामा मनिता पहिलो हुनुभएको हो । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोस्रो तथा प्रवीण शाक्य र निश्चल बज्राचार्य तेस्रो हुनुभयो । महिलामा अंकिता बज्राचार्य दोस्रो तथा श्रेया आचार्य तेस्रो बन्नुभयो ।
भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि राजीव महर्जन पहिलो, मुकेश महर्जन दोस्रो तथा किरणमुनि बज्राचार्य र निकेनमान प्रधान तेस्रो हुनुभयो । भेट्रान सिंगल्सकै पुरुष ५० वर्षमाथि किरण व्यञ्जनकारले स्वर्ण तथा रोशन शाक्यले रजत जितेको टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीले जनाउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका