सिरिजमा भारतको कब्जा

Read Time = 2 mins

लन्डन । भारतले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै भारतले तीन टी-२० आई खेलको सिरिजमा एक खेलअगावै कब्जा जमाएको छ । जितका लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा अलआउट भयो । इंग्ल्यान्डका मोइन अलीले २१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाउनुभयो । डेविड विली २२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा अविजित रहनुभयो ।

भारतका भुवनेश्वर कुमारले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै जस्प्रित बुमराहले ३ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ तथा युजभेन्द्र चहलले २ ओभरमा १० रन खर्चेर २ विकेट लिनुभयो । हर्षल पटेल र हार्दिक पान्ड्याले एक/एक विकेट हात पार्नुभयो । त्यसअघि बर्मिंघममा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएको थियो । भारतका रविन्द्र जडेजाले २९ बलमा ४ चौकासहित सर्वाधिक ४६ रन जोड्नुभयो । यस्तै कप्तान रोहित शर्माले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाउनुभएको थियो ।

इंग्ल्यान्डका रिचर्ड ग्लिसनले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर तीन विकेट लिनुभयो । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिनुभयो । पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ । त्यसपछि तीन ओडिआई खेलको सिरिज हुनेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?