जर्मनका चान्सलर ओलाफमाथि यौन दुव्र्यवहारको आरोप

Read Time = 2 mins

बर्लिन । जर्मनका चान्सलर ओलाफ शोल्जमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । चान्सलर शोल्ज महिलामाथिको यौन दुव्र्यवहारको आरोपमा मुछिएका हुन् । उनी कम्तीमा आठजना महिला यौन आक्रमणको शिकार भएको जर्मनीका दुई सञ्चारमाध्यम टागेसस्पीगल र डोयचवलले खबर दिएका छन् ।

शोल्जको सोसल डेमोक्रेटिक पार्टी (एसपीडी)को एक खेमाले आयोजना गरेको पार्टीमा ती महिलाहरूलाई लठ्याउने पदार्थ खुवाएर बलात्कार गरिएको आरोप छ । ‘उक्त पार्टीमा दलका सदस्य र संसदका कर्मचारीहरू उपस्थित थिए,’ टागेसस्पीगलले लेखेको छ, ‘त्यहाँ चान्सलर शोल्ज पनि पुगेका थिए ।’

पत्रिकाका अनुसार, पार्टी सकिएपछि एसपिडी संसदीय समूहका नेता माथियास मार्टिनले पार्टीका सदस्यहरूलाई पत्र लेखे । त्यसमा उल्लेख भएअनुसार, ‘ग्रीष्मकालीन पार्टीमा हाम्रा सहकर्मीहरूमाथि आक्रमण भएका छन् । यो निन्दनीय घटना हो र संसदीय प्रहरीलाई यसको खबर गरिएको छ ।’ यस सम्बन्धमा बर्लिन प्रहरीले घटनाको अनुसन्धान थालेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?