संस्थागत एकल लोक गायनमा पवित्रा प्रथम

Read Time = 3 mins

काठमाडौं । ‘संस्थागत एकल लोक गायन प्रतियोगिता-२०७९’ सम्पन्न भएको छ । ‘हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारासहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा कमलादी समितिकी पवित्रा सतुङ्गी मगर प्रथम हुनुभयो । यस्तै नयाँ बसपार्क समितिका किरण बिसीले द्वितीय स्थान हासिल गर्नुभयो । साथै नयाँ बसपार्क समितिकै प्रकाश रसाइली तृतीय, लाजिम्पाट समितिका निश्चल गुरुङ सान्त्वना हुन सफल हुनुभएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कारसहित गीतको अडियो र भिडियो निर्माण गरिदिने व्यवस्थाको रहेको थियो भने द्वितीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार, तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार, सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार रहेको थियो ।

कार्यक्रम ललितपुर समितिका अध्यक्ष सुजन बराइलीको अध्यक्षतामा र लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा लोक गीतसंगीतमा लामो समयदेखि योग्दान पु¥याएको भन्दै वरिष्ठ लोक गायक र सर्जक कृष्णसुधा ढुंगानालाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा बहुचर्चित कलाकारहरू पशुपति शर्मा, शंकर बिसी, राधिका हमाल, रमेशराज भट्टराई, श्रीकृष्ण बम मल्ल, पूर्णकला बिसी, शान्तिश्री परियार, मञ्जिता केसीलगायत चर्चित कलाकार, समाजसेवी र पत्रकारहरूको उपस्थिति थियो । ‘संस्थागत एकल लोक गायन प्रतियोगिता–२०७९’ मा निर्णायक संयोजक रामजी खाण रहनुभएको थियो भने निर्णायक मण्डलका सदस्यहरूमा बहुचर्चित कलाकार कुलेन्द्र विश्वकर्मा, राजु ढकाल, शिव हमाल, पिएन सापकोटा आदि रहनुभएको थियो ।

‘संस्थागत एकल लोक गायन प्रतियोगिता’लाई सभ्य तथा भव्य रूपमा सफल पार्न सहयोग गर्नुहुने सहयोगिता, प्रायोजक, पुरस्कार प्रायोजक, सम्पूर्ण समिति, कलाकार र पत्रकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको अध्यक्ष बराइलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?